कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक

फाल्गुन ६, २०८० मा प्रकाशित | 245 views


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा वैशाख २६ गतेसम्म चल्नेछ ।

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते देखि २७ गतेसम्म हुनेगरी यस अघि नै तालिका सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web