अध्यक्षसँग बालबालिका कार्यक्रम सम्पन्न

फाल्गुन ५, २०८० मा प्रकाशित | 404 views


तारकेश्वर । तारकेश्वर गाउँपालिकाले तारकेश्वर-५ को श्री भूमिदेवी आधारभूत विद्यालयमा ‘अध्यक्षसँग बा-आमा र छोरा-छोरी कार्यक्रम’ तथा ‘अध्यक्षसँग बालबालिका कार्यक्रम’ सम्पन्न गरेको छ ।

हिजो शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बालबालिका र अभिभावकको स्थानीय सरकारसँगको सम्बन्ध मजबुत गर्ने र अभिभावकलाई छोराछोरीप्रति जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताउँदै कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।

सो अवसरमा उहाँले विद्यालयमा तारबार लगाउन ७० हजार रुपैयाँ सहयोगको घोषणा गर्दै तत्कालै काम अघि बढाउन निर्देशन दिनुभयो । विद्यालयमा अध्ययनरत बालबालिकाको प्रोत्साहनका लागि अध्यक्ष अधिकारीले ५/५ हजार रुपैयाँ राशिको अनुशासित छात्र/छात्रा पुरस्कार (१ छात्र र १ छात्रा), सोही राशिको बहुप्रतिभाशाली छात्र/छात्रा पुरस्कार (१ छात्र र १ छात्रा) र गरिब तथा जेहेन्दार छात्र/छात्रा पुरस्कार (१ छात्र र १ छात्रा) को घोषणा गर्नुभयो ।

यी सबै पुरस्कार विद्यालयको वार्षिक उत्सवका दिन प्रदान गरिने छ । कार्यक्रमकै अवसरमा अध्यक्ष अधिकारीले विद्यालयमा राखिने राष्ट्रिय झन्डाको झन्डोत्तोलन समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web