विमान अपहरणकारी अर्कै भएको साइप्रसको खुलासा

बैशाख २१, २०७३ मा प्रकाशित | 518 views

एजेन्सी,चैत १६ । साइप्रसको विदेश मन्त्रालयले इजिप्ट एयरको विमान अपहरणकारीको नाम सार्वजनिक गरेको छ । उसले अपहरणकारी सइफ इलदिन मुस्तफा भएको बताएको छ । यसअघि अपहरणकारीको नाम इब्राहिम सामाहा भनिएको थियो । स्थानीय सञ्चार माध्यमहरुले उनले आफ्नो पूर्वपत्नीलाई भेट्न चाहेको बताएका थिए ।

अपहरणमा परेको इजिप्ट एयरको विमानका चालक दलका सदस्य र चार विदेशी बाहेक सबै यात्रु रिहा भएको जनाएको केही समयमा नै यस्तो खबर सार्बजनिक भएको हो । इजिप्टको अलेक्जेन्ड्रियाबाट कायरोका लागि उडेको इजिप्ट एयरको विमान अपहरणमा परेको थियो । विमान साइप्रसको लानाका एयरपोर्टमा अवतरण गरिएको छ विमानमा ५५ यात्रु रहेको बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web