नुवाकोटको तादी गाँउपालिकामा माघ २८ गते सार्वजनिक बिदा दिइएको छ ।
तामाङ समुदायको महान पर्व सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुने भएकाले उक्त दिन यो वर्ष माघ २८ गते आइतबार परेकाले सो दिन पालिकाभरमा रहेका सार्वजनिक तथा सामुदायिक सेवा प्रवाहको काममा सार्वजनिक बिदा दिने निर्णय भएको अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभयो ।

गाँउपालिकाको कार्यालयले आज जारी गरेको स्थानीय पर्व सम्बन्धि बिदाको सूचना अनुसार मञ्जुश्री सम्वत २८६० डुक/मु ल्हो सोनाम ल्होछारको अवसरमा पालिकाबासी सहित देस तथा विदेसमा रहेका सम्पूर्णलाई शुभकामना दिदै उक्त दिन उत्साहको साथ पर्व मनाउनको लागी बिदा दिइएको भनिएको छ ।

22.98¡ÆC