आर्मीले जित्यो आहा रारा गोल्डकपको उपाधि

माघ २०, २०८० मा प्रकाशित | 193 views

काठमाडौँ । त्रिभुवन आर्मी क्लब पहिलो पटक आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पोखरा रंगशालामा भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो । २०६५ सालयता पाँच पटक फाइनलमा पुगेको आर्मीले पहिलो पटक उपाधि जितेको हो ।

आर्मीका लागि कप्तान जिलेस्पी जंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले गोल गरे । उपाधिसँगै आर्मीले १२ लाख एक हजार र दोस्रो भएको थ्री स्टारले ६ लाख एक हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web