आन्तरिक रोजगारको विवरण उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध

माघ ९, २०८० मा प्रकाशित | 289 views

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आन्तरिक रोजगारको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहबाट गत आर्थिक वर्षमा रोजगारी सृजनासम्बन्धी सञ्चालन भएको आयोजना तथा कार्यक्रमको विवरण सात दिनभित्र उपलब्ध गराउन अनुरोध गरेको हो ।

आगामी आर्थिक वर्ष २०८१/८२ देखि ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ का रुपमा अभियान सञ्चालन गर्ने, आन्तरिक रोजगार प्रवर्द्धन गर्ने निकायलाई पूर्ण जिम्मेवार बनाई एकीकृत तवरले रोजगारमूलक क्रियाकलापको प्रवद्र्धन तथा विस्तार गर्ने, स्थानीय तह मातहतको रोजगार सेवा केन्द्रबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत तथा कानुनी आधार निर्माण गर्नका लागि मन्त्रालयले विवरण माग गरेको हो ।

रोजगारीको हकको संरक्षणसम्बन्धी काम कारबाहीको सञ्चालन, रेखदेख तथा निर्देशन गर्न यही पुस २२ गते श्रममन्त्री शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकबाट सबै तहका निकायबाट रोजगारीको विवरण माग गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web