बाग्मती प्रदेशको लोकसेवा आयोगबाट एकैपटक ११ सय कर्मचारी माग

माघ ८, २०८० मा प्रकाशित | 480 views

काठमाडौँ । बाग्मती प्रदेशको लोकसेवा आयोगले ११ सयभन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ ।

बाग्मती प्रदेश सरकारका मन्त्रालय र बाग्मती प्रदेशका पालिकाहरुका विभिन्न सेवा र समूहमा गरी ११ सय १३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।

प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

आयोगले माघ २८ गतेभित्र दरखास्त दिइसक्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web