‘भ्वाइस अफ नेपाल’ को पाँचौँ सिजनको उपाधि विनोद राईलाई

पुस २८, २०८० मा प्रकाशित | 266 views

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’काे पाँचाैँ सिजनको उपाधि इलामका विनोद राईले जितेका छन् ।

गएराति ललितपुर गोदावरीमा रहेकाे सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

विजेता राईले २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन् । दर्शकले दिएको भाेटकाे आधारमा विजेता घोषणा गरिएको हाे । विजेता राई कोच मिलन नेवारकाे समूहबाट प्रतिनिधित्व गर्छन् ।

यस्तै, मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन् ।

‘द भ्वाइस अफ नेपाल’ काे पाँचाैँ सिजनमा प्रमोद खरेल, राजेश पायल राई, मिलन नेवार र उदय सोताङ कोचको भूमिकामा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web