बाग्मती प्रदेशमा मुख्यमन्त्री जम्मकट्टेलको एक वर्ष

पुस २६, २०८० मा प्रकाशित | 312 views


काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारको एक वर्ष पुगेको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले गरेका प्रमुख काम सार्वजनिक गर्दै मुख्यमन्त्री जम्मकट्टेलले धेरै सकारात्मक काम भएको दाबी गर्नुभएको छ ।

एकवर्षे कार्यकाल कामका दृष्टिले उपलब्धिमूलक रहेको उहाँको भनाइ छ । यो अवधिमा बाग्मती प्रदेश सरकार तथा कानुनी मन्त्रिपरिषद्का २४ बैठक सञ्चालन भइ एक सय ३८ वटा निर्णय गरिएका साथै प्रदेशसभासमक्ष पेस भएका सातवटा ऐन जारी भएको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय र कार्यालय स्थापना गरी सबै जिल्लाबाट सेवा सञ्चालन गर्ने, भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको प्रबन्ध र कर्मचारी वृत्तिविकासका कार्यमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभयो ।

एक वर्षको अवधिमा स्वीकृत नीति तथा कार्यक्रमअनुसार सार्वजनिक सेवा प्रवाह, सामाजिक तथा पूर्वाधार विकासलगायत नागरिक सरोकारका हरेक पक्षमा सकारात्मक परिवर्तन ल्याउने दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

सरकारले १३ क्षेत्रमा गरेका विभिन्न प्रमुख कार्य समेटिएको पुस्तक समेत प्रकाशन गरेको छ । अघिल्लो वर्ष पुस २५ गते जम्मकट्टेल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web