काठमाडौँ । साेमवार काठमाण्डाै त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।
७३ हजार सात सय ४९ जना विद्यार्थी दीक्षित हुन योग्य भए पनि यसपटक १२ हजार चार सय १५ जनाले दीक्षित हुन फारम भरेका विश्वविद्यालयले जनाएको छ। गएकाे वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।
त्रिविले स्नातक, स्नातकोत्तर, विद्यावारिधी तह पास गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणलगायत सहभागी हुनुभएकाे थियाे । राष्ट्रपति र प्रधानमन्त्रीले उत्कृष्ट विद्यार्थीलाई सम्मानपत्र दिनुभएकाे थियाे ।
दीक्षान्त समाराेहमा सरिक हुन आएका विद्यार्थीहरू काेही आफ्ना अभिभावकसँग तस्बिर खिच्दै खुसी साटिरहेका थिए । काेही भने समूह बनाएर तस्बिर खिच्नमा व्यस्त देखिन्थे।
15.48¡ÆC