काठमाडौं,असार २७ । पोर्चुगलले आयोजक फ्रान्सलाई हराउदै उपाधि जित्दा पोर्चुगलका चर्चित खेलाडी पेप म्यान अफ दि म्याच घोषित भएका छन् । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका पेपे म्यान अफ दि म्याच घोषित भएका हुन् ।

स्टेड डे फ्रान्समा भएको खेलमा अतिरिक्त समयमा एइडरको गोलको मदतमा फ्रान्सलाई १–० ले हराउँदै उपाधि कब्जा गरेको छ । खेलको २४ औं मिनटमै स्टार खेलाडी रोनाल्डो घाइते हुँदै मैदान बाहिरिएपनि वैकल्पिक खेलाडी एडरले पोर्चुगललाई जित दिलाए। एडरले १०९ औं मिनेटमा २५ मिटर टाढाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो।

20.12¡ÆC