काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्ले बाल संरक्षण मापदण्ड २०८० को मस्यौदा तयार गरी सार्वजनिक गरेको छ ।
परिषद् र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आज ललितपुरमा सरोकारवालासहित एक कार्यक्रम आयोजना गरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ५७ ले दिएको अधिकारबमोजिम बालबालिकाविरुद्धको हिंसा रोक्न र बालबालिकाको संरक्षण गर्न बाल संरक्षण मापदण्ड निर्माण गरेको जानकारी गराएको हो ।
सेवा प्रदायक, निजी क्षेत्र र विद्यालय गरी तीन क्षेत्रमा बाल संरक्षण मापदण्ड तयारी गरी छलफलमा ल्याइएको हो ।
ती क्षेत्रमा बालबालिकामाथि हुन सक्ने हिंसा र यौन दुर्व्यवहार, यातनालगायत अमानवीय क्रियाकलाप निरुत्साहन गरी उजुरी र कारवाहीको प्रक्रियाहरूबारे मापदण्डमा प्रस्ताव गरिएको परिषद्का सदस्य सचिव बमबहादुर बानियाले जानकारी दिनुभयो ।
15.19¡ÆC