बाघको आक्रमणबाट एक जनाको ज्यान गयो

मंसिर ८, २०८० मा प्रकाशित | 239 views

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ । ज्यान जानेमा राप्ती नगरपालिका–१ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज शुक्रवार बिहान पाैने १० बजेतिर पाैडेल मनहरी गाउँपालिका–६ लाेथारकाे राप्ती दाेभानमा घाँस काट्न जानुभएकाे थियाे । त्यही समयमा बाघको आक्रमणबाट उहाँकाे ज्यान गएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web