नेपाली सेनामा ३ हजार ४ सय १३ दरबन्दीमा आवेदन माग

मंसिर ८, २०८० मा प्रकाशित | 521 views

काठमाडौँ । नेपाली सेनाले तीन हजार चार सय १३ पदका लागि आवेदन माग गरेको छ ।

सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज सूचना निकालेर सैन्य तथा विभिन्न ट्रेडका फ्लोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

सैन्य पदमा ३ हजार र सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले जनाएको छ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् । ट्रेडका फ्लोअर्स पदहरूको हकमा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भइ दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ ।

दरखास्त आजदेखि आउँदो पुस ७ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web