काठमाण्डौ महानगरको योजना– बर्सेनि ५ हजार जनालाई रोजगारी दिने

अशोज २१, २०८० मा प्रकाशित | 545 views

काठमाण्डौ । काठमाण्डाै महानगरले महानगरको बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी र आय वृद्धि काठमाण्डौको समृद्धि गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले बर्सेनि कम्तीमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र कम्तीमा पाँच हजार नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आय वृद्धि काठमाण्डौको समृद्धि गाैरव योजना ल्याइएको जानकारी दिनुभएकाे छ ।

महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार र रोजगार दातालाई एउटै ‘प्लेटफर्म’ मा ल्याई श्रम बैंकको स्थापना गरी रोजगारीको अवसर बढाउने र रोजगारदातालाई सीपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याइएको हो ।

महानगरका स्थायी बासिन्दा, महानगरका करदाता तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली याे याेजनामा आबद्ध हुन सक्ने मेयर शाहले बताउनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web