दशैँका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने

अशोज १९, २०८० मा प्रकाशित | 296 views

काठमाडौँ । यही असोज २२ गते सोमवारदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक गाडीमा असोज २२ गतेदेखि दशैँको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आज शुक्रवार भएको छलफलमा अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको बताउनुभयो । पुरानै भाडा दर कायम गरेर अग्रिम टिकट बुकिङ खुल्ने भएको हो ।

अघिल्ला वर्षमा दशैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष भने ढिलाे भएको हो । दशैँका लागि काठमाण्डाै उपत्यकाबाट झन्डै २० लाख मानिस बाहिरिने अनुमान रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web