
देवीघाट । बेलकोटगढी नगरपालिकाको उपप्रमुख शिवप्रसाद दाहालले देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको लागी पचास हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।
राजनीतिज्ञ तथा समाजसेवी समेत रहनुभएका उपप्रमुख दाहालले स्वर्गिय पिता नेत्रप्रसाद दाहाल (नारायण) को स्मृतिमा अक्षय कोषमा रहने गरेर आज पचास हजार रुपैयाँको चेक प्रदान गर्नुभएको हो ।

देवीघाट स्थित प्रतिष्ठानको प्राङ्गणमा आज आयोजित ३३औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ९० बर्ष माथीका जेष्ठ नागरिकहरुको सम्मान तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा विशेष अतिथीको रुपमा उहाँले शुभकामना व्यक्त गर्दै दिवंगत बुवाको नाममा ५० हजार रुपैयाँको चेक प्रतिष्ठानको अध्यक्ष विष्णुप्रसाद नेपाललाई हस्तान्तरण गर्नुभएको हो ।
नुवाकोट सहित देशभरका विभिन्न स्थानका ज्येष्ठ नागरिकहरुले आश्रय लिदै आएको उक्त प्रतिष्ठानले अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर बनाएर सोमबार जिल्लाको सरोकारवालाहरुको उपस्थितीमा विशेष कार्यक्रम गरेर मनाएको छ ।

प्रतिष्ठानले आयोजना गरेको ९० बर्ष माथीका जेष्ठ नागरिकको सम्मान तथा निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख सञ्जयसिंह थापा, नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापा लगायतको सहभागिता रहेको थियो ।


15.48¡ÆC