स्व. सूर्यकुमार क्षेत्री अन्तर मिडिया कप फुटसल साउन १० मा

असार २५, २०७३ मा प्रकाशित | 829 views

काठमाडौं,असार २५ । स्व. पत्रकार सूर्यकुमार क्षेत्री प्रथम राष्ट्रिय अन्तर मिडिया कप  फुटसल २०७३ प्रतियोगिता हुने भएको छ । गोलपोष्ट स्पोट्र्स एण्ड ट्रेनिङ सेन्टर भैंसेपाटीले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना तयारीबारे जानकारी दिएको हो।  सेन्टरका प्रबन्ध निर्देशक केशव थापाका अनुसार प्रतियोगिता साउन १० देखि फुटसल मैदान भैंसेपाटीमा हुने छ। पत्रकार क्षेत्रीका छोराको पढाइका लागि सहयोगार्थ प्रतियोगिता आयोजना गरिएको थापाले बताए।

‘खेल क्षेत्रको विकाससँगै पत्रकार क्षेत्रीका छोराको उज्जवल भविष्यका लागि थोरै भए पनि सहयोग हुन्छ भनेर प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ थापाले पत्रकार सम्मेलनमा भने।  प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने टिमले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा समावेश हुने टिमले दुई हजार प्रवेश शुल्क तिर्नुपर्ने थापाले बताए। प्रवेश फारम खुलिसकेको बताउँदै थापाले खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालय र गोलपोष्टको कार्यालय भैंसेपाटीमा पाइने बताए। प्रतियोगिता आगामी साउन १० देखि १२ गतेसम्म चल्नेछ।  नेपाल प्रेस युनियनका सचिव पत्रकार क्षेत्रीको दुई महिनाअघि ब्रेन ट्युमरका कारण निधन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web