जर्मनीमाथि कोलम्बियाको रोमाञ्चक जित

साउन १४, २०८० मा प्रकाशित | 231 views

काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा काेलम्बियाले जर्मनीमाथि राेमाञ्चक जित निकालेकाे छ ।

आज आइतवार अस्ट्रेलियाकाे अलिनाज स्टेडियममा भएकाे खेलमा काेलम्बियाले जर्मनीलाई २–१ गाेलले हरायाे । काेलम्बियाका लागि लिन्डा केसिडा र म्यानुएला वनेगासले गाेल गरिन् । जर्मनीका लागि एलेक्जान्द्रा पाेपले सान्त्वना गाेल गरिन् ।

काेलम्बियाले खेलकाे ५२ औँ मिनेटमा केसिडाकाे गाेलमार्फत अग्रता लिएकाे थियाे । ८० औँ मिनेटमा जर्मनीकी पाेपले पेनाल्टीमार्फत गाेल गर्दै खेल बराबरीमा ल्याइन् । तर इन्ज्युरी समयकाे ७ औँ मिनेटमा वनेगासकाे गाेलमा काेलम्बियाले जर्मनीमाथि राेमाञ्चक जित निकाल्याे । जर्मनीले सन् १९९५ पछि पहिलाे पटक विश्वकपकाे समूह चरणमा हार बेहाेरेकाे हाे ।

याे जितसँगै काेलम्बिया २ खेलमा ६ अङ्कसहित समूह ‘एच’ काे शीर्ष स्थानमा उक्लिएकाे छ । जर्मनी २ खेलमा ३ अङ्कसहित दाेस्राे स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web