
ककनी । सवारी दुर्घटनामा परेर ज्यान गुमाएकी ककनी गाँउपालिका–४ नुवाकोटको जीना तामाङको परिवारलाई उनी कार्यरत रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्था लि.को तर्फबाट नगद सहयोग प्रदान गरिएको छ ।
गत फागुन २४ मा मकवानपुरमा मोटरसाइकलको ठक्करले स्कुटर दुर्घनामा परेर ज्यान गुमाएकी २८ वर्षीया तामाङलाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय वित्तीय सँस्थाको तर्फबाट र बीमा बापतको भुक्तानी रकम समेत गरेर एकमुष्ट ११ लाख ६४ हजार ४०० रुपैयाँ उनको परिवारलाई सोमबार प्रदान गरिएको हो ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थाको तर्फबाट अनुगमन अधिकृत रामचन्द्र लोहनीले शाखा कार्यालय ओखरपौवामा सोमबार जिना तामाङको अभिभावक ठूलीमाया तामाङलाई उक्त सहयोग रकमको चेक प्रदान गर्नुभएको हो ।
सवारी दुर्घटनामा परेर ज्यान गुमाएकी जीना तामाङ नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थाको मकवानपुर स्थित फापरबारी शाखा प्रबन्धकको जिम्मेवारीमा रहदाँ सवारी दुर्घटनामा परेर ज्यान गुमाएकी थिइन् ।
15.31¡ÆC