शहर हरियाली बनाउँदै काठमाण्डौ महानगरपालिका

असार १७, २०८० मा प्रकाशित | 366 views

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत महानगरका विभिन्न क्षेत्रमा फूललगायत विभिन्न जातका बिरुवा रोप्न थालेको छ ।

यसै सिलसिलामा महानगरपालिकाको वडा नम्बरं २८ ले बागबजार क्षेत्रमा रहेका गमलासहित फूल तथा अन्य बिरुवा रोपिएको छ ।

भृकुटीमण्डप, राष्ट्रिय सभागृह रोड, शङ्करदेव क्याम्पस रोड, बागबजार क्षेत्र महाँकाल भैरव क्षेत्रमा गमलासहित बिरुवा राखेको हो ।

महानगरपालिकाको वडा नम्बर २८ का वडासचिव मोक्षप्रसाद दुलालले वडाले एक सय ५५ वटा गमलासहित धुपी, समी, कपुर तथा फूलको बिरुवा रोपेको जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत अहिलेसम्म ६ सय बिरुवा रोपिसकेको र सडक छेउछाउमा भने गमलामा बिरुवा राखिएको छ ।

अभियान गएको जेठदेखि सुरु भएको हो । महानगरपालिकाले यसअघि हरित विद्यालय अभियानसमेत शुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web