त्रिशूली । बिदुर नगरपालिकाको आगामी आर्थिक बर्ष २०८०÷८१ को निती तथा कार्यक्रम एबं बजेट सर्बसम्मत पारित भएको छ ।
विदुर नगरपालिकाको हिजो आइतबार आयोजित १३ औँ नगर अबिधेशनमा बिदुर नगरपािलकाका प्रमुख राजन श्रेष्ठले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम र नगरपलिकाका उपप्रमुख प्रभा बोगटीले आगामी आर्थिक बर्षको कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।

उपप्रमुख प्रभा बोगटीले प्रस्तुत गर्नुभएको कार्यक्रम तथा बजेट अनुसार बिदुरमा आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम कार्यान्वायनको लागी कुल १ अर्ब १२ करोड २३ लाख ९८ हजार बिनियोजन गरिएको छ । यसका लागी आन्तरिक आय र राजश्व बाँडफाँडबाट ४३ करोड ४८ लाख, संघीय सरकारको बित्तिय हस्तान्तरण ६२ करोड ४२ लाख, प्रदेश सरकारको बित्तिय हस्तान्तरणबाट ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।
कृषि, उद्योग, पर्यटन, सहकारी, जलसा्रेत तथा सिचाई, पशुपन्छी बिकास र भुमी ब्यबस्थाको बिकास अन्तर्गत समग्र आर्थिक बिकासको लागी ७३ लाख ५० हजार, शिक्षा, स्वास्थ्यसेवा, खानेपानी तथा सरसफाई, भाष तथा संस्कृतिको बिकास, लैगिक समानता तथा समाबेशीकरण, युवा तथा खेलकुद साथै सामाजिक सुरक्षाको लागी ५२ लाख ३८ हजार बिनियोजन गरिएको जनाईएको छ ।
यसैगरी, पुर्बाधार बिकास अन्तर्गत २७ करोड ८१ लाख १८ हजार, बाताबरण संरक्षण तथा बिपद ब्यबस्थापन, शान्ति तथा सुब्यबस्था, कानुन तथा न्याय, गरिबी निवारण र श्रम रोजगारीको लागी ९१ लाख ५० हजार बिनियोजन गरिएको छ ।
सँस्थागत बिकास, सेवा प्रबाह तथा कार्यालय सञ्चालनका लागी १५ करोड ५७ लाख, वडाबाट छनौट भई वडाबाट नै सञ्चालन हुने योजनालाई वडास्तरीय योजना नामाकरण गरी योजनाको पँुजीगत खर्च बापत ६० लाखका दरले ७ करोड ८० लाख र वडा कार्यालय सञ्चालनको लागी प्रति वडा ६ लाखको दरले ७८ लाख गरी कुल ८ करोड ५८ लाख रुपैया बिनियोजन गरिएको बजेट प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यसैगरी, नगरसभाको १३ औँ अबिधेशनमा विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुशासन तथा संस्थागन विकासका लागि नगरको कार्य सम्पादनको गुणस्तरको सम्बन्धमा सुझाव तथा जनगुनासो सुन्न र समाधान गर्नका लागि ‘हेलो मेयर कार्यक्रम’ सचालन गर्न लागेको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रममा घरनिर्माण सम्पन्नपत्र लिँदा प्राविधिक प्रतिवेदन सहित दुई वटा बिरुवा अनिवार्य रोपको हुनुपर्ने व्यवस्था गरिएको बताउनुभएको छ ।
‘स्वच्छ सफा, हरियाली सहर ः हाम्रो विदुर हेर्ने सबैको रहर’ भन्ने नाराका साथ वातावरणीय समृद्धिको क्षेत्रलाई जोड दिइएको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
16.12¡ÆC