बेलकोटगढीको बजेट ८० करोड १४ लाख रुपैयाँ

असार ११, २०८० मा प्रकाशित | 391 views

बाघखोर । नुवाकोटको बेलेकाटगढी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ को निती तथा कार्यक्रम र सोही आधारमा ल्याएको बजेट कार्यान्वयनको लागी नगरसभाबाट पारित भएको छ ।

बेलकोटगढीको केन्द्र बाघखोरमा आयोजित नवौ नगरसभाको खुला समारोहमा नगरप्रमुख जगतबहादुर गुरुङले पेश गरेको नीति तथा कार्यक्रमको आधारमा बन्द सत्रमा नगर उपप्रमुख शिवप्रसाद दाहालले पेश गरेको आगामी आर्थिक वर्षको लागी ८० करोड १४ लाख रुपैयाँ हाराहारीको बजेट सभासदस्यहरुबाट जस्ताको तस्तै पारित भएको हो ।

बिनियोजित भएको बजेट मध्ये संघ र प्रदेस सरकारबाट प्राप्त भएको सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान घटाउदा हुन आउने खुद बजेट ३७ करोड ८७ लाख रुपैयाँ रहेको नगर उपप्रमुख शिवप्रसाद दाहालले पेश गरेको बजेट बक्तव्यमा उल्लेख गरिएको छ । नगरसभाले बिनियोजन गर्न पाउने उक्त बजेट मध्ये १९ करोड ७२ लाख रुपैयाँ चालुगत तर्फ खर्च हुनेछ भने १८ करोड १५ लाख रुपैयाँ पुँजी गततर्फ खर्च हुने उल्लेख गरिएको छ ।

नगरपालिकाले सशर्तको लागी तोकिएको बजेटको अनुदान घटाउदा र चालुगततर्फको लागी बिनियोजन गरेसगैँ खर्च गर्न पाउने बजेट १८ करोड १५ लाख रुपैयाँ मात्रै रहेको हो । संघ र प्रदेसबाट दिने अनुदान आकार घटेको र रावश्वको दायरामा गिरावट आएसगैँ बेलकोटगढी नगरपालिकाले यो वर्ष बजेट ठूलो आकारले घटाएको हो । चालु आर्थिक वर्षमा ९७ करोड ९६ लाख ६० हजार रुपैयाँको बजेट ल्याएको बेलकोटगढीले आगामी आर्थिक वर्षको लागी बजेटको कुल आकार ८० करोड १४ लाख रुपैयाँ हाराहारीमा सिमित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web