तातोपानी क्षेत्र उच्च जोखिममा, ३० घर बग्ने अवस्थामा

असार २४, २०७३ मा प्रकाशित | 1158 views

काठमाडौं,असार २४ । पानीको बहाव कम भए पनि भोटेकोसीमा आएको बाढीका कारण नदीकिनारमा कटान नरोकिएपछि तातोपानी क्षेत्र जोखिममा परेको छ । बाढी कम भएपनि नदीले जमिन कटान गरेर राजमार्गछेउका घरमा क्षति हुने क्रम रोकिएको छैन । चीनतिरबाट आएको बाढीले नदी किनारको जमिन कटान गर्न नरोकिएकाले नेपाल-चीन सीमा क्षेत्रको तातोपानी र आसपासका क्षेत्रका घरमा क्षति हुने क्रम नरोकिएको आजको अन्नपूर्णले जनाएको छ ।

मंगलबार मध्यरातबाट सुरु भएको बाढीले सीमा क्षेत्रमा मात्र ४० भन्दा बढी घर बगाइसकेको छ ।  जिल्ला दैवीप्रकोप उद्धार समितिको बिहीबार बसेको बैठकमा दिइएको जानकारी अनुसार बाढीले सीमा क्षेत्रको लिपिङ बजारमा २० परिवारका २१ वटा घर बगाइसकेको छ भने थप ३० वटा घर पनि बग्ने अवस्थामा छन् ।

कोदारी बजारको होटल इको र आसपासका घर पनि नदी कटानमा परेका छन् । तातोपानी बजारमा थप घर बग्ने अवस्थामा पुगेको सुरक्षा निकायलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए । नदीको बहाव बजारतर्फ बढ्दै गएकाले थप क्षति हुनसक्ने अनुमान छ । स्थानीय चौकीडाँडामा आश्रय लिइरहेका सर्वसाधारणलाई राजधानी पुर्‍याउने तयारी भइरहेको पनि दुवाडीले बताए । बाढीले तार, पोल , ट्रान्सर्फमरलगायत बगाउँदा बाह्रबिसेमाथिका सबै गाउँमा बिजुली अवरुद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web