प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

जेष्ठ ३१, २०८० मा प्रकाशित | 516 views

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले याे विषयमा कारण देखाउन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका विरुद्धमा आदेश दिएको हो । अदालतले याे मुद्दामा अग्राधिकार हुने आदेशसमेत जारी गरेको छ ।

तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा भएको सशस्त्र सङ्घर्षमा भाग लिएका कम उमेरका सैनिकलाई अयोग्य ठहर गरेर शिविरबाट बाहिर निकालिएको थियो । याे निर्णयबाट आफूहरूको व्यवस्थापन नभएको भन्दै अयोग्य लडाकुका रूपमा लेलिन विष्टलगायतले मुद्दा दायर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web