बागमती प्रदेश सरकारबाट आर्थिक सर्वेक्षणको नतिजा सार्वजनिकको तयारी

जेष्ठ ३१, २०८० मा प्रकाशित | 422 views

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ ।

आगामी प्रदेशसभाको वैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन् । प्रदेशसभाको बैठक भोलि ३२ गते बिहीबार दिउँसो २ बजेको लागी आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षण माथि छलफल हुने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको छ । उहाँका अनुसार आज जेठ ३१ गते दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर आगामी असार १ गते प्रस्तुत हुने सरकारको बजेट सम्बन्धमा कार्यसूची तयार गरिने जनाईएको छ ।

प्रदेशसभाको बैठक यसअघि गएको जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । आर्थिक वर्ष २०८०÷८१ का लागि असार १ गते बजेट प्रस्तुत गरिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web