<p>नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत मासासी ओगवाबीच आज संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भएको छ ।</p><p>वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा भएको भेटमा राजदूत ओगवाले नेपालमा संविधानको कार्यान्वयनमा जापान जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । <br><br></p>
15.65¡ÆC