उपत्यकाको फोहार बञ्चरेडाँडामा फ्याल्न प्रभावित क्षेत्रका सरोकारवालाहरु सहमत

बैशाख ३०, २०८० मा प्रकाशित | 318 views

काठमाडौँ । नुवाकोट र धादिङमा बिसर्जन हुदै आएको उपत्यकाको फोहार आगामी दिनमा व्यवस्थित गरेर निरन्तर सोही स्थानमा नै फाल्ने सहमति भएको छ ।

बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटको समस्या समाधानको लागि हिजो शुत्र,बार भएको छलफलमा प्रभावित क्षेत्रका बासिन्दाले विकल्पको मागको सट्टामा व्यवस्थित बनाएर सोही स्थानमा नै फाल्न दिनको लागी सहमति जनाएको हो ।

नुवाकोटको ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका र धुनिवेसी नगरपालिकाको जनप्रतिनिधि सहित प्रभावित जनताको निरन्तर संघर्ष एवम् दबाब र लगातारको पहल र प्रयत्नपछि सरकारले पनि विकल्पको सट्टामा सुधार मागलाई भने सबै सम्बोधन गर्न सहमति जनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष उपस्थितिमा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय बैठकमा प्रभावित क्षेत्रका सरोकारवालाहरुले उठाएको सबै माग पूरा गर्नको लागी सहमति भएसगैँ विकल्पको खोजी भन्दा पनि निरन्तर बञ्चरेडाँडामा नै फालिने भएको हो ।

प्रधानमन्त्री सहितको उच्चस्तरीय बैठकले बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटको समस्याको स्थायी समाधानको लागि प्रभावित क्षेत्रका सरोकारवालाहरुले उठाएको माग अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरेर शुन्य प्रभावको रुपमा स्थापनाको प्रक्रियातर्फ लाग्ने सहमति भएको छ । यस सहमति अनुसार फोहोर व्यवस्थापन बैज्ञानिक रुपमा अघि बढाउने र फोहारलाई निरन्तर नुवाकोट र धादिङको सीमा क्षेत्रमा नै फाल्ने सहमति भएको हो । उक्त स्थानमा निरन्तर फोहार फाल्ने सहमतिले फोहोर व्यवस्थापनमा जोड दिएपनि विकल्पको खोजीतर्फ कुनै संकेत भने नभएकाले उपत्यकाको फोहार अबको समयमा निरन्तर बञ्चरेडाँडामा नै ल्याउन प्रभावित क्षेत्रका सरोकारवालाहरुले सहमति जनाएका छन् ।

यस्तै, उच्चस्तरीय बैठकले यसअघि विभिन्न बिरोधका समयमा गरिएको आगजनी र तोडफोडमा संलग्नलाई लगाइएको मुद्धा फिर्ता लिने, फोहोर बिर्सजनबाट उत्पन्न हुने लिच्चडले पारेको समस्या हलगर्ने, निर्माणाधीन पुर्वाधार सम्पन्न गर्ने तथा विगतमा शहरी विकास मन्त्रालय र काठमाडौ महानगरपालिका तथा प्रभावित क्षेत्रका प्रतिनिधि एवम् प्रभावितहरुका बीचमा भएका सबै सहमतिहरु अबको १० दिन भित्र कार्यान्वयनको प्रक्रियामा जाने उल्लेख गरिएको छ ।

हिजो शुक्रबार भएको सहमति अनुसार यसअघि भएका सबै सहमतिहरु अबको दश दिनभित्र कार्यान्वयन गर्नको लागी प्रधानमन्त्री प्रचण्डले शहरी विकास मन्त्रीको संयोजकत्वमा सरोकारावाला सम्मिलित १३ सदस्य रहेको समितिलाई निर्देशन दिनुभएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड सहित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, शहरी विकासमन्त्री सीता गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल, प्रतिनिधिसभा सदस्यहरु अर्जुननर्सिङ केसी, हितबहादुर तामाङ, विमला सुवेदी, सीता मिजार, बागमती प्रदेश आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा तामाङको सहभागिता रहेको थियो ।

यस्तै, प्रभावित क्षेत्रका सरोकारवालाहरुको तर्फबाट प्रदेशसभा सदस्य राधिका तामाङ, रमेशकुमार महत, रामप्रसाद ढुंगाना सहित काठमाडौ, ललितपुर, भक्तपुर नुवाकोटको ककनी र बेलकोटगढी, धादिङको धुनिवेसी, भक्तपुरको मध्यपुरठिमी लगायतका पालिकाको जनप्रतिनिधि सहित प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web