२४ घण्टामा १ सय १३ जनामा कोरोना पुष्टि

बैशाख ११, २०८० मा प्रकाशित | 318 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार आठ सय १० जनाको नमुना परीक्षण गर्दा एक सय १३ जनामा कोरोना सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७२ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन सय ६२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये २९ जना संस्थागत आइसोलेशन, चार जना सघन उपचार कक्ष (आईसीयू) मा र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web