एजेन्सी, असार २३ । युरोकप फुटबलको दोश्रो सेमिफाइनलमा आज रोचक भिडन्त हुदैछ । राती पौने १ बजे हुने खेलमा यी दुईबीच हुने खेलले खेल प्रेमीहरुको नजर तानेको छ । आयोजक फ्रान्सलाई भने आज जर्मनीसँग बदला लिने मौका रहेको छ । इतिहास केलाएर हेर्ने हो भने फ्रान्स अगाडि रहेको छ । मुख्य प्रतियोगितामा जर्मनी हाबी रहदै आएको छ । फिफ वरियतामा जर्मनी ४ औ स्थानमा रहेको छ भने फ्रान्स १७ औं स्थानमा रहेको छ । युरोकपमा जर्मनीले १२ पटकसहभागिता जनाएका छ ।

फ्रान्सले ९ पटकमात्र युरोकप खेलेको छ । अहिलेसम्म भएको २७ खेलमा फ्रान्सले १२ खेल जितेको छ भने जर्मनीले ९ खेलमा जित हात पारेको छ। पछिल्लो पटक गत नोभेम्बरमा फ्रान्समै भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले जर्मनीलाई २–० ले हराएको थियो। तर मुख्य प्रतियोगितामा भने जर्मनी फ्रान्समाथि हाबी भएको छ।

सने १९५८ को विश्वकपमा फ्रान्सले जर्मनीलाई ६–३ ले पराजित गरेको थियो। तर त्यसपछिका विश्वकपको ३ भेटमा जर्मनीले जित हात पारेको छ। १९८२ को विश्वकपमा जर्मनीले फ्रान्सलाई हराएको थियो। त्यसको ४ वर्षपछिको भेटमा जर्मनीले पुन: फ्रान्सलाई हरायो। २०१४ मा ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा जर्मनीले फ्रान्सलाई १–० ले हराएको थियो।

खेल हुने समय : मध्यरात १२:४५

खेल हुने स्थान : स्टेड भेलोड्रोम, मार्से

हेर्नलायक खेलाडी : मानुएल नोए-जर्मनी, एन्टोनी ग्रिज्मन-फ्रान्स

हेड टु हेड : जर्मनी ९, फ्रान्स १२, बराबरी ८

युरो सहभागिता : जर्मनी १२, फ्रान्स ९

फिफा वरियता : जर्मनी ४, फ्रान्स १७

मुख्य उपलब्धि : जर्मनी विजेता सन् १९७२, १९८०, १९९६

फ्रान्स विजेता सन् १९८४, २०००

20.12¡ÆC