विद्यालयले पोसाक र किताब बिक्री गरे कारबाही गर्ने काठमाण्डौ महानगरको चेतावनी

चैत्र १९, २०७९ मा प्रकाशित | 341 views

काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले विद्यालय आफैँले पोसाक र पाठ्यपुस्तक (किताब) बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको भन्दै महानगरपालिकाले आज आइतवार सबै संस्थागत विद्यालयलाई पत्र पठाएर कारबाहीको चेतावनी दिएको हो ।

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा विद्यालय आफैँले पाठ्यपुस्तक र स्टेशनरी सञ्चालन गर्न नपाउने तथा विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोसाक खरिद गर्न बाध्य बनाउन नहुने विषय उल्लेख रहेको महानगरले स्मरण गराएको छ ।

निर्देशिकामा भएका मापदण्ड र निर्देशन उल्लङ्घन गरेको पाइएमा कारबाही हुने र यसको जवाफदेही प्रधानाध्यापक नै हुने काठमाण्डौ महानगरपालिकाको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web