त्रिशूली । नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नुवाकोटको नवौँ जिल्ला अधिवेशनले पुनः प्रज्वल सापकोटाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।
आइतबार बट्टारमा आयोजित जिल्ला भेलाले अहिले पनि अध्यक्षको जिम्मेवारीमा रहनुभएका त्रिशूली निवासी युवा प्रज्वल सापकोटालाई पुनः अध्यक्षमा चयन गरेको हो । अध्यक्ष सहित बाँकी पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ भने केही पदमा मनोनित गरिने निर्वाचन मण्डलले जनाएको छ ।

यसैबीच, राष्टिय युवा संघ नेपालको नवौँ जिल्ला अधिबेशनको प्रमुख अथिती राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले युवालाई उत्पादनशील र समाजिक रुपान्तरणमा जोडिन अपिल गर्नुभएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका किरण पौडेलले युवाहरुको प्रयोग राजनीतिक दलहरुले बेरोजगारी बनाएर उनीहरुलाई हिंसा, झैझगडा, अपराध, भिडन्तको रुपमा दुरुपयोग गर्दै आइरहेकाले नेकपा एमालेले भने त्यसो नगरी स्वरोजगार बन्नको लागी विभिन्न सिपयुक्त तालिम उपलब्ध गराउदै आएको, सरकारी जागिरमा समावेश गराउनको लागी विभिन्न तयारी कक्षा सञ्चालन गरिरहेको, विदेशमा पुगेका युवालाई स्वदेस फर्कनको लागी निमन्त्रणा अभियान सञ्चालन गरेर “हामी नेपाली : बसौ यहीँ मिलिजुली” अभियान चलाएको, शैक्षिक उन्नतीको लागी प्रश्रय दिइरहेको दाबी गर्नुभएको छ ।
कार्यक्रममा नेकपा एमाले नुवाकोटको इञ्चार्ज बिन्दा ढुङ्गाना, जिल्ला अध्यक्ष बद्री मैनाली, निवर्तमान जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा, नेकपा एमाले बागमति प्रदेस कमिटी अध्यक्ष केशवराज पाण्डे सहितको पाटीको जिल्ला पदाधिकारी, राष्ट्रिय युवा संघ नुवाकोटको अधिवेशनको लागी छानिएका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।



15.48¡ÆC