त्रिशूली । नुवाकोट सुनचाँदी ब्यबसायी संघको ९ र १० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज त्रिशुलीमा आयोजित बार्षिक साधारणसभालाई सम्बोधन गर्दै बिदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठले ब्यबसायिक हकहित र प्रबद्र्धनको लागी नगरापलिकाको सहयोग सदैब रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले नुवाकोट जिल्लामा माग अनुसार कच्चा सुन आपुर्ति नभएको ब्यबसायीहरुको गुनासोलाई समाधान गर्न आफुले सक्दो सहयोग गर्ने जनाउदै ब्यबसायीहरुलाई बिश्वासनिय र भरपर्दोे सुनचाँदीको कारोबार गर्न पनि आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष गीता अमात्य, सल्लाहकार शरणउत्सुक सापकोटा लगायतका सरोकारवालाहरुले देशमा अहिले आर्थिक मन्दी लागिरहेको समयमा सुनचादी ब्यबसायीहरु निरुत्साहित नरहि धैर्यधारणका साथ आफ्नो ब्यबसायलाई निरन्तरता दिदा यसले राज्यको अर्थतन्त्रलाई उकास्न केही मदत पुगिरहेकाले अझ ब्यबसायीहरुलाई प्रेरित गराउन राज्यको सहयोग आबश्यक रहेको बताउनुभएको छ ।
नुवाकोट सुनचाँदी ब्यबसायी संघ एउटा ब्यबसायीक छाता संगठन मात्र नभई यसले जिल्लामा बिभिन्न क्षेत्रमा सामाजिक कार्य सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि त्यस्ता प्रकारका सामाजिक कार्यलाई निरन्तरता दिई जिल्लामा रहेको ब्यबसायीक समस्यालाई सामाधान गर्न प्रयत्नशिल रहने नुवाकोट सुनचाँदी ब्यबासायी संघका अध्यक्ष भिमराज बज्राचार्यले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
यसैगरी, नुवाकोट सुनचाँदी ब्यबसायी संघका सचिब सबिन अमात्यले जिल्लाका ब्यबसायीहरुलाई एकताबद्ध गराई निबार्ध रुपमा ब्यबसाय सञ्चालन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न तथा आबश्यक कच्चा पदार्थ आपुर्ति गराउन प्रयास जारी राखेको बताउनुभएको छ । कार्यक्रममा संघका कोषाध्यक्ष रमेश बि.कले बार्षिक आयब्यय तथा प्रगति प्रतिबदेन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा, नुवाकोट सुनचाँदी ब्यबसायी संघका सदस्य ईश्वर सुनारले जिल्लामा सञ्चालित ब्यबसायीहरुले कारोवार गर्दा ज्याला जर्तीमा एकरुपता राखी स्वच्छ ब्यबसायी प्रतिस्पर्धा गर्न आबश्यक रहेको बताउनुभएको छ । उहाँले सुनको कोटा महिनाको एकचोटी मात्र आउदा ब्यबसाय चलाउन समस्या परिरहेको जनाउदै महिनामा तिनदेखि चारपटकसम्म सुनको कच्चा पदार्थ भित्राउनको लागी सबै ब्यबसायीहरुलाई एकजुट हुन पनि आग्रह गर्नुभएको छ ।

२०७० सालमा स्थापित भई ४४ जना साधारण सदस्य र २ एसोसिएटेट सदस्य गरी ४६ सदस्यलाई समेटेको नुवाकोट सुनचाँदी ब्यबसायी संघले आगामी दिनमा निरन्तर कार्यसमिती बैठक बसी जिल्लाका ब्यबसायीहरुको प्रगति, समस्या र समाधानका उपायहरुबारे बहस गरी आबश्यक निर्णय लिने जनाएको छ ।

17.12¡ÆC