विद्युत् प्राधिकरणको ‘एनईए एप’ सञ्चालन

फाल्गुन १६, २०७९ मा प्रकाशित | 496 views

विद्युत् प्राधिकरणको ‘एनईए एप’ सञ्चालन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मोबाइल एप ‘एनईए एप’ सञ्चालनमा ल्याएको छ।

ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने तथा गुनासो समेत व्यवस्थापन गर्न सजिलो हुने गरी मोबाइल एप सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ। यो एप प्रयोगका लागि मोबाइलको ‘प्ले स्टोर’ वा एप स्टोरमा गएर ‘एनईए अफिसियएल एप’ सर्च गरी डाउनलोड गर्न सकिनेछ।

यो एपबाट मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेशनको जानकारी साथै विद्युत् आपूर्तिसम्बन्धी जानकारी दिइने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web