राष्ट्रपति निर्वाचनको सन्दर्भमा राप्रपाबाट आयो यस्तो निर्णय

फाल्गुन १३, २०७९ मा प्रकाशित | 370 views

काठमाडौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा समर्थक वा प्रस्तावक नबस्ने भएको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आफ्ना मतदातालाई समर्थक वा प्रस्तावक नबस्न निर्देशन दिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रपति पदमा उम्मेदवार छनौट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा भएको छलफलमा पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने सुझाव आएको थियो ।

धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा भएको बैठकमा केही नेताले उक्त प्रक्रियामा वैचारिक रुपमा निकट उम्मेदवारका पक्षमा सहभागिता जनाएर पार्टीको भूमिकालाई प्रभावकारी बनाउन माग गरेका थिए । विभिन्न दलका नेताबाट सहयोगका लागि आएका प्रस्तावबारे अध्यक्ष लिङ्देनले बैठकमा जानकारी गराउनुभएको थियो । निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक घटनाक्रम, समसामयिकलगायत छलफल केन्द्रित गरिएको थियो ।

कृष्ण भुसाल – Page 529 – Himalaya Times

निर्णयका क्रममा नेताहरूका बीच मतभेद बढेर विवाद भएपछि निर्वाचन अगावै उम्मेदवारलाई मतदान गर्ने वा तटस्थ बस्ने भन्नेबारे निर्णय गर्न अर्को बैठक बोलाइने भएको छ । निर्वाचन आयोगले यही फागुन १३ गते भोलि राष्ट्रपति पदको मनोनयन गर्न र २५ गते मतदानको समय तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web