त्रिशूली । नुवाकोटको विदुर नगरपालिका वडा नं .१२ चारघरेको माझगाँउमा निर्माण सम्पन्न भएको खानेपानी योजना र सामुदायिक बहुउद्देष्य भवनको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठबाट उद्घाटन गरिएको छ । छापखोला मुहान गरेर चारघरे खानेपानी योजना र माझागाँउमा निर्माण गरिएको सामुदायिक भवनको उद्घाटन गर्दै नगरप्रमुख राजन श्रेष्ठले योजना पूरा भएपनि अझै बाँकी रहेको व्यवस्थापनको लागी अहिले नगरपालिका मार्फत खानेपानीको लागी ६ लाख रुपैयाँ उपलब्ध गराएको र आगामी दिनमा विकासको थप कार्यक्रमहरु समेत अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
छापखोला र छिरखोल स्थित साढे दुई किलोमिटर दुरीबाट पानी ल्याएर माझगाँउमा २० हजार लिटर क्षमताको ट्याङ्की सहित निर्माण सम्पन्न गरिएको खानेपानी योजना, सामुदायिक बहुउद्देष्य भवन सहित चारघरेको लागी गुणस्तरीय शिक्षा, व्यवस्थित सडक, ढिकीजातो लगायतका पर्यटकीय स्थलको संरक्षण, प्रर्बद्धन तथा आवश्यक पूर्वाधार निर्माणको लागी स्थानीय सरकार सहित प्रदेस र संघीय सरकारसंग समेत समन्वयन गर्ने नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठले गर्नुभएको सम्बोधनको पूर्ण विवरण:
कार्यक्रममा पानीको मुहान उपलब्ध गराउने मुहानको दाता बद्रीप्रसाद भट्ट, ट्याङ्की निर्माण गर्न आवश्यक पर्ने जग्गा उपलब्ध गराउने दाता रामकृष्ण रिमाल र सामुदायिक भवन निर्माणको लागी जग्गा उपलब्ध गराउने दाता रामशरण रिजाललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
चारघरे खानेपानी योजना र माझागाँउमा निर्माण गरिएको सामुदायिक भवन उपभोक्ता समितिका अध्यक्ष रबिन्द्र रिजालको अनुसार खानेपानीको चरम समस्य भएको माझगाँउको ४२ घरधुरी बासिन्दालाई अहिले पानीको सहज उपलब्ध भएपनि पाइपलाइन व्यवस्थापन लगायतको काम बाँकी रहेकाले क्रमशः अघि बढाइने भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रामचन्द्र पौडेल सागर, वडा नं.१२ का वडाध्यक्ष उपिन्द्र खड्का, पानीको मुहान उपलब्ध गराउने जग्गादाता बद्रीप्रसाद भट्ट सहित स्थानीय समाजसेवी तथा बुद्धिजिवीहरु रामशरण रिमाल, रामहरि रिमाल, विश्व्राज रिजाल, सिता बस्नेतले लगायतले मन्तव्य राख्नुभएको थियो भने धनेश्वर शिवमन्दिरमा शिवरात्री विशेष पूजाआरधना गरेर प्रसाद ग्रहण समेत गरिएको थियो ।
16.75¡ÆC