दुप्चेश्वरमा बोलेरो दुर्घटना हुदाँ चार जना घाइते, चालक सम्पर्क बिहीन

फाल्गुन ५, २०७९ मा प्रकाशित | 474 views

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–३ र ६ को सीमा पर्ने दोरदोरे खोलामा बिहीबार राती बोलेरे गाडी दुर्घटना हुदाँ चारजना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

दुप्चेश्वर गाँउपालिका–६ समुन्द्रटार बजारबाट वडा नं. २ गाँउखर्कतर्फ जादै गरेको बोलेरो गाडी दुर्घटना हुदाँ दुप्चेश्वर–२ निवासी २० वर्षीय पारस तामाङ, २२ वर्षीय अशोक तामाङ, २३ वर्षीय सुजन तामाङ र ४९ वर्षीय पेमा दोर्जे तामाङ घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो ।

उहाँको अनुसार घाइते अशोक सामान्य घाइने रहनुभएको छ भने अन्य तीनजनाको शरीरको टाउको र छातीमा चोट लागेको तथा हड्डीहरु समेत भाचिएको कारण अवस्था गम्भीर रहेको छ । उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको छ ।

निर्माण सामाग्रि बोकेर जादैँ गरेको बा.१४ च ५६८४ नंं बोलेरो गाडी उकालोमा चढ्न नसकि पछि हटेर करीब एकसय मिटर तल पुगेको छ । दुर्घटनापछि चालक हराइरहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै घाइतेहरुको उद्धारको तस्वीरहरु:

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web