नवलपरासी काठमाडौँ सम्पर्क मञ्च गठन हुने

माघ २८, २०७९ मा प्रकाशित | 426 views

काठमाडौ । विभिन्न काम व्यवसाय एवं विभिन्न कारणले नवलपरासी छाडेर काठमाडौँ बस्दै आएका नेकपा (माओवादी केन्द्र) नजिकका शुभचिन्तकहरुको भेलाले नवलपरासी काठमाडौँ सम्पर्क मञ्च गठन गर्ने भएको छ ।

नवलपरासी जिल्लाबाट काठमाडौँ आइ अध्ययन, अध्यापन, अनुसन्धान तथा विभिन्न पेसा व्यवसायमा रहेका समर्थक एवं कार्यकर्ताहरुको यही फागुन १३ गते भेला गरी काठमाडौँ नवलपरासी सम्पर्क मञ्च गठन गरिने भएको शनिवार बसेको बैठकले तय गरेको लुम्बिनी प्रदेश सचिवालय सदस्य गोपी ज्ञवालीले जानकारी दिनुभयो ।

शनिवार काठमाडौँको बागबजारमा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सिता बौडेलको अग्रसरतामा बसेको प्रारम्भिक बैठकले काठमाडौँमा रहेका पार्टी समर्थित सबैलाई संगठित गर्ने निर्णय गरेको बताइएको छ ।

स्थायी बसोबास नवलपरासी भए पनि कर्मथलो काठमाडौँ बनाइरहेकाहरू संगठित भएर जिल्लाको विकास निर्माण तथा पार्टी सुदृढीकरणका लागि शशक्त भूमिका निर्वाह गर्न सकिने लुम्बिनी प्रदेश समन्वय समिति संयोजक उदयराज अधिकारीले बताउनुभयो ।

शनिबारको प्रारम्भिक बैठकले नवलपरासीबाट काठमाडौँ आइ विभिन्न क्षेत्रमा सक्रिय पार्टीसम्बद्ध व्यक्तिहरूलाई सम्पर्कमा आउन र संगठित हुन आह्वान गरेको छ । कमिटी निर्माण गर्ने र आगामी कार्यभार तय गर्नेगरि अर्को बैठक फागुन १३ गते बस्ने निर्णय भएको सम्पर्क समन्वय समितिकी उपाध्यक्ष सुनिता रोकायाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web