त्रिशूली । स्थानीयतहको पहिचानलाइ बृद्धि गर्दै जिल्लालाइ आर्थिक रुपमा समृद्ध बनाउने लक्ष्य लिएको नुवाकोट “महोत्सवको स्वागत ‘रक्सी’ले : आकर्षक ‘प्रतिबन्धित जुवा खेल’ भएको छ ।” यही शुक्रबारदेखि सुरु भएको सातो नुवाकोट महोत्सवको मुख्य द्धार नै रक्सीको प्रचार सामाग्रिले नाइएको छ ।
विदुर नगरपालिका–५ पिपलटारमा चलिरहेको महोत्सवको पहिलो दिन पैसा नलाग्ने भएकाले उल्लेख्य सङ्ख्यामा पुगेका अवलोकनकर्तालाई नेपाल आईस नामक रक्सीको प्रचारात्मक सामाग्रिले स्वागत गरेको छ ।

उक्त विषयलाई लिएर अवलोकनकर्ताहरुले सामाजिक सञ्जालमा बिरोध जनाउदै आयोजकलाई सच्चिन दिएको सुझाबको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । रक्सीको प्रचार सामाग्रिको स्वागतद्धार पार गरेर भित्र पसेपछि अर्को रक्सी न्यूड भोड्का लगायतको प्रचार देख्न सकिन्छ ।

अवलोकनकर्ताको बाक्लो उपस्थिती भएपनि महङ्गो शुल्क निर्धारण गरिएको पिङ खाली देखिन्थ्यो । तर, नुवाकोट प्रशासनले अनुमति दिदा निशेष गरेको प्रतिबन्धित जुवातर्फ पैसा खेल हेर्ने स्थान भने मुख्य आकर्षण बनिएको थियो ।


सातौँ नुवाकोट महोत्सवले जिल्लाको कृषि उब्जनीको प्रचार सहित यहाँको साँस्कृतिक र धार्मिक स्थलको प्रबद्र्धनमा योगदान पु-याउन भनेपनि मुख्य लक्ष्य नाफा कमाउनतर्फ केन्द्रित हुदाँ आयोजकलाई के गर्न हुने र नहुनेतर्फ ध्यान गएको पाइन्न ।
नुवाकोट प्रशासनले दिएको अनुमतिमा निषेध गरिएको भएपनि रक्सीको स्वागतद्धार, न्यूड भोड्काको ब्यापारिक प्रचार हेर्दै प्रशासनले जुवा, तास अन्य हारजित हुने खेलहरु खेलाउन पाइनेछैन भनेपनि भाग्य परीक्षा, उपहारको नाममा राखिएको स्टलमा ५० रुपैयाको टिकट काटेर नं लिन लगाउने र लिएको नं. तीरद्वारा निशाना लगाउँदा “परे पुरस्कार : नपरे नमस्कार” भन्दै पठाएर आयोजक उद्योग बाणिज्यसंघले महोत्सवलाई सञ्चालनमा ल्याएको हो ।
प्रशासनले दिएको अनुमति यस्तो छ :


16.75¡ÆC