सूचनाको हक उल्लङ्घन गर्ने प्रमुख प्रशासकीय अधिकृत यादव रु.१५ हजार जरिवानासहित दण्डित

माघ १३, २०७९ मा प्रकाशित | 297 views

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई रु १५ हजार जरिवानासहित दण्डित गरेको छ ।

सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम श्री परशुराम साहले प्रमुख यादवसमक्ष सूचना माग गर्दा सूचना उपलब्ध नगराएवापत सिरहा नपा–७ निवासी प्रमुख प्रशासकीय अधिकृत यादव दण्डित हुनुभएको हो ।

आयोगको २०७९ माघ १२ गते बसेको इजलासले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम सूचना नदिएवापत अधिकृत यादवलाई रु १५ हजार जरिवानासहित कारबाही गरेको हो । सूचनाको हकसम्बन्धी ऐनबमोजिम माग गरिएबमोजिको सूचना उपलब्ध नगराउने सार्वजनिक निकायका प्रमुख कारबाहीको भागीदार हुने स्पष्ट गर्दै पटक–पटक चेतावनीसहितको आदेश हुँदा पनि सूचना नदिई कानून उल्लङ्घन गरेकाले कारबाही गरेको विज्ञप्तिमार्फत आयोगले स्पष्ट गरेको छ ।

लोकतान्त्रिक शासन व्यवस्थामा सर्वसाधारण नागरिकलाई सार्वजनिक निकायबाट भए÷गरेका कामका बारेमा थाहा पाउने, जान्न पाउने अधिकार हुने, सार्वजनिक निकायलाई पारदर्शी हुन, कानून र नागरिकप्रति जवाफदेही तथा उत्तरदायी बनाउन पनि सघाउ पुग्ने, सुशासन कायम गर्न मद्दत पुग्ने, सर्वसाधारण नागरिकले कुनै सार्वजनिक निकायमा सूचना माग गर्दा सम्मानपूर्वक सूचना उपलब्ध गराउनु कानूनी व्यवस्था सुनिश्चित गरिएको सन्दर्भमा सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्था उल्लङ्घन गर्ने जो–कोही कानूनबमोजिम दण्डित गरिने आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web