सशस्त्र प्रहरीको स्थापना दिवसमा रचनात्मक गतिविधि

माघ ११, २०७९ मा प्रकाशित | 563 views

त्रिशूली । सशस्त्र प्रहरीको २२औँ स्थापना दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरी बल १९ नं. गुल्म नुवाकोटले विभिन्न रचनात्मक गतिविधि गरेर मनाएको छ ।
स्थापना दिवसको अवस।रमा नुवाकोटमा सप्ताहव्यापी कार्यक्रम मार्फत ढुङ्गेमा रहेको शिव मन्दिर, त्रिशूलीमा रहेको राममन्दिर सहित धार्मिक तथा सार्वजनिक स्थलको सरसफाई गरिएको हो ।
यस्तै, लिखु गाँउपालिकामा रहेको दुईवटा विद्यालयमा सशस्त्र प्रहरी बल मार्फत विपद् जोखिम न्यूनिकरण सम्बन्धि विद्यार्थीहरुलाई जानकारी गराइएको छ ।

यस्तै, १९ नं. गुल्ममा आयोजित रक्तदान कार्यक्रममा २४ जना सशस्त्र प्रहरीले रक्तदान गरेको थियो भने स्थापना दिवसको अवसरमा बुआमा नभएको तथा अभिभावकको संरक्षण अभावमा विदुर स्थित आमाको माया छात्रावाँसमा आश्रय लिदै आएका बालकहरुलाई भोजन गराएर २२औँ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा विभिन्न रचनात्मक गतिविधिहरु गरिएको सशस्त्र प्रहरी बल १९ नं. गुल्म नुवाकोटका गुल्मपति (सशस्त्र प्रहरी नायव उपरीक्षक) उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

नुवाकोटमा २०७५ साल भदौ २६ गते स्थापना भएको सशस्त्र प्रहरी बल १९ नं. गुल्मले गृह मन्त्रालय मातहत रहेर प्राप्त निर्देशन अनुसार समाजमा शान्ति सुरक्षा कायम गर्न तथा नागरिकलाई अमनचयन कायम गराउनको लागी महत्वपूर्ण योगदान पुराउदै आएको छ ।
विशेष गरेर हुलदङ्गा हुन नदिन, विपद् सहित घटना तथा दुर्घटनाको समयमा तत्कालै उद्धारमा परिचालन हुदै आइरहेको छ ।

नियमित गस्ती मार्फत समाजमा हुने आपराधिक गतिविधि रोक्नको लागी नुवाकोटमा सशस्त्र प्रहरी बल १९ नं. गुल्मको भूमिका प्रभावकारी मानिएको छ । विशेष गरेर कोरोना रोगको सक्रमणको समयमा, विपद्तको समयमा सशस्त्र प्रहरीले पुराएको योगदान प्रशंसनीय रहेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web