आक्रमणकारीलाई पक्राउ गर्न माओवादी केन्द्र सूर्यगढीको माग

माघ ११, २०७९ मा प्रकाशित | 411 views

आक्रमणकारीलाई पक्राउ गर्न माओवादी केन्द्र सूर्यगढीको माग

त्रिशूली । नुवाकोटको सूर्यगढी गाँउपालिका वडा नं. १ को वडासदस्य रबिन्द्र तामाङ र स्थानीय युवा विष्णु तामाङलाई आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गर्न नेकपा माओवादी केन्द्र सूर्यगढी गाँउकमिटीले माग गरेको छ ।

माओवादी केन्द्र सूर्यगढी गाँउकमिटी अध्यक्ष इमानसिंह तामाङ (बिशाल)ले सोमबार ध्यानाकर्षण पत्र जारी गर्दै घटनामा संलग्न व्यक्तिहरुको विवरण सहितको उजुरी नुवाकोट प्रशासनमा दिएपनि अहिलेसम्म नियन्त्रणमा नलिएको भन्दै यथाशक्य पक्राउ गर्न माग गरिएको छ ।

यही माघ १ गते उर्लेनी स्थित थोप्लोङ मन्दिरको दर्शन गरेर फर्कर्ने क्रममा लच्याङ–उर्लेनी–मालाभञ्याङ्ग सडक खण्डको उर्लेनीमा वडासदस्य रबिन्द्र तामाङमाथी सांघातिक हमला गरिएको र उहाँसगैँ रहेको लच्याङका स्थानीय युवा समाजसेवी विष्णु तामाङलाई आक्रमण गरेर गम्भीर घाइते बनाएका विज्ञप्तीमा भनिएको छ । उक्त आक्रमणमा संलग्न रहेका व्यक्तिहरुलाई तत्कालै कारबाहीको माग गर्दै माओवादी केन्द्र सूर्यगढीले सोमबार ध्यानाकर्षण पत्र जारी गरेको हो ।

नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्दै वडा सदस्यमा निर्वाचित भएर असल जनप्रतिनिधिको रुपमा गर्दै आइरहेको समयमा वडाध्यक्ष सहितको पदाधिकारीहरुलाई यसअघि पनि विभिन्न समयमा लाञ्छना लगाउने तथा दुव्र्यबहारको घटना हुदै आएको थियो । उक्त समूहले नै नियोजित रुपमा यही माघ १ गते आक्रमण गरेको भन्दै संलग्नलाई तत्कालै पक्राउ गरेर कारबाही गर्न र पीडितलाई न्याय दिएर बाच्न पाउने नागरिकको स्वतन्त्रता कायम राख्नको लागी सूर्यगढी माओवादी केन्द्रले माग गरेको हो ।

उक्त घटनाको दोषीलाई कारबाहीको माग गर्दै वडा नं .१ का वडाध्यक्ष राजकुमार तामाङले माघ ४ गते विज्ञप्ती जारी गर्दै वडासदस्य र स्थानीय युवा माथी राजनीतिक पूर्वाग्रही भएर गरिएको आक्रमणको निन्दा गर्नुभएको थियो ।

घटनामा संलग्न भएकाहरु सूर्यगढी र तादी गाँउपालिकाको विभिन्न वडाका व्यक्तिहरु रहेको र उनीहरुको पृष्ठभूमि आपराधिक गतिविधिमा संलग्न रहेको पाइएकाले तत्कालै पक्राउ गर्न माग गरिएको छ । घटनामा संलग्नलाई पक्राउ गरेर समाजमा शान्ति सुरक्षा कायम गर्न तथा नागरिकको जीउधनको रक्षा गर्नको लागी सूर्यगढी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष राजकुमार तामाङले प्रशासनको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web