त्रिशूली । तामाङ समुदायको महान पर्व २८५९ औ सोनाम ल्होछार पर्वको अवसरमा बट्टारमा भोलि आयोजित कार्यक्रमको आवश्यक सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आज बट्टारमा नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति नुवाकोटले पत्रकार सम्मेलन मार्फत भोलि माघ ७ गते गर्न लागिएको ल्होछारको अवसरमा आयोजित सम्पूर्ण गतिविधिहरुको लागी तयारी सम्पन्न भएको हो ।
ल्होछार पर्वको अवसरमा तामाङ सँस्कृती झल्काउने सांस्कृतिक कार्यक्रम, नुवाकोटमा स्थानीयतह, संघ र प्रदेसमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान सहित तामाङ खाना र सँस्कृतिको प्रदर्शनी समेत गर्न लागिएको नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव एंव ल्होछार समारोह समितिका संयोजक जयमान वाइव तामाङले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार भोलि आयोजित कार्यक्रम बट्टार बसपार्क स्थित तामाङ प्लाजाको प्राङ्गणमा गर्न लागिएको छ भने बागमती प्रदेशसभा सदस्य पूर्व राज्यमन्त्री राधिका तामाङलाई कार्यक्रमको प्रमुख अतिथीको बनाइएको छ ।
कार्यक्रममा तामाङ खाना र भेषभूषा तथा सँस्कृतिको प्रदर्शनी सहित लामा नाच, बोन्पो अर्थात झाँक्री नाच, म्हेन्दोमाया, सेलोलगायत प्रस्तुतिहरु आकर्षकको रुपमा रहने भएकाले तामाङ सहित सम्पूर्णलाई सहभागि हुनको लागी निमन्त्रणा पत्र पठाएको, सञ्चारमाध्यमबाट सूचना प्रशारण गरिएको एंव वस्ती तथा टोलटोलमा समेत पुगेर जानकारी गराइको नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्ज उषा वाइवा तामाङले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार केन्द्रीय घेदुङको नीति, निर्णयअनुसार तामाङको धर्म, संस्कार संकृति, भेषभूषाको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष नुवाकोटमा ल्होछार कार्यक्रम गरिदै आएकोमा कोरोना रोगको जोखिमको कारण प्रभवित भएकाले यो वर्ष विशेष रुपमा मनाउन लागिएको हो ।
कार्यक्रममा स्थानीय, प्रदेश र संघको निर्वाचनमा नुवाकोटबाट निर्वाचित भएका तामाङ समुदायका जनप्रतिनिधिहरूलाई सम्मान समेत गर्न लागिएको छ ।
तामाङ समुदायले यो वर्ष सोनाम ल्होछार ताक/च्यान ल्हो (बाघ वर्ग) को बिदाई र ह्योयी÷तावर ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै ल्होछार पर्व यही माघ १ गतेदेखि नै मनाउन सुरु गरेका छन् भने यही माघ ८ गते विशेष रुपमा मनाउनको लागी नेपाल सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ ।
16.42¡ÆC