इस्लाम धार्मीक स्थल मदिनामा आत्मघाती आक्रमण, ५ सुरक्षाकर्मी मारिए

असार २१, २०७३ मा प्रकाशित | 1136 views

२१ असार, एजेन्सी ।
इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थानको रुपमा लिइने साउदी अरेबियाको मदिनामा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटनमा चारजना सुरक्षाकर्मी मारिएका छन् ।

मदिनामा रहेको पैगम्बर मुहम्मदको मस्जिद नजिक आत्मघाती आक्रमणकारीले आफूलाई विस्फोट गराएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मस्जिद नजिक रहेको सुरक्षा मुख्यालय आक्रमणको निशाना बनेको बताइएको छ । विस्फोटनमा अन्य पाँच जना घाइते भएको साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

इस्लाम धर्ममा मदिना मक्कापछिको दोस्रो पवित्र शहर हो । आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web