२१ असार जाजरकोट ।
समाचार लेखेकै आधारमा जाजरकोटका पत्रकार बद्री पन्त र जनक सिंहलाई ज्यान लिने धम्की दिने जाजरकोटका सुनचाँदी व्यवसायीलाई तत्काल कारवाही गर्न तथा पत्रकारहरुको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले स्थानीय प्रशासनसँग माग गरेको छ ।

शाखाका सचिव दिपेन्द्रप्रसाद शर्माद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा धम्कीप्रति घोर भत्र्सना गर्दै समाचार लेख्ने पत्रकारलाई ज्यान लिने धम्की दिएको, एफ एमको टेवल तोडफोड गरेको, सार्वजनिक ठाँउमा गालीगलौज गर्दै गएको, प्रेस विज्ञप्ती निकालेर पत्रकारहरुलाई मानमर्दन गर्ने, हतोत्साहित पार्ने, तेजाव हालेर मार्ने लगायतका धम्की पुर्ण र गैरजिम्मेवार पुर्ण कार्य गरेको प्रति पत्रकार महासंघ जाजरकोट शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । विज्ञप्तीमा दोषी उपर कारवाही नभए महासंघ कडा संघर्षमा उत्रने कुरा उल्लेख गरिएको छ ।

त्यसैगरी प्रेस सेन्टर नेपाल जाजरकोट शाखाले पनि पत्रकारको ज्यान लिने धम्की दिनेलाइ तत्काल कारवाही गरिनुपर्ने भन्दै स्थानीय प्रशासन समक्ष माग गरेको छ । त्यस्तै सामुदायिक रेडियो चौरजहारी एफएमले पनि पत्रकारको ज्यान लिने धम्की दिने उपर कानुन बमोजिम कडा कारवाही हुनुपर्ने माग गरेको छ ।

रेडियो जाजरकोट एफएमको समाचार मुलक कार्यक्रम खबर सेरोफेरोमा सोमबार जाजरकोटमा सुनचाँदी व्यावसायीको व्यापक ठगी, नापतौलका सामाग्री जफत् शिर्षकको समाचार प्रसारण भएपछि सनचाँदी व्यवसायीले सो धम्की दिएका थिए । सुनचाँदी व्यवसायीले सोमबार दिउँसो रेडियोको कार्यालयमै पुगी धम्की पुर्ण भाषा प्रयोग गरेको रेडियो जाजरकोटका स्टेशन म्यानेजर सुरेन्द्र सिंहले बताउनु भयो । ।

15.58¡ÆC