आफ्नै दाईको हत्याको अभियोगमा एकजना पक्राउ

माघ ४, २०७९ मा प्रकाशित | 326 views

त्रिशूली । आफ्नै दाईको हत्या अभियोगमा बेलकोटगढी नगरपालिका वडा नंं ९ नलगाउँका ईन्द्रसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट प्रहरीको अनुसार आफ्नै दाइ ५२ वर्षीय जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा ३२ वर्षीय ईन्द्रसिंह तामाङलाई प्रहरीले पक्राउ गरेर मंगलबार नुवाकोट जिल्ला अदालतबाट अनुसन्धानको लागी थुनामा राख्न अनुमति लिएको हो ।

उनले मादक पदार्थ सेवन गरी घरायसी विवाद तथा झै–झगडा हुँदा लौराले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका जगत गौचन तामाङको जिल्ला अस्पताल त्रिशूलीमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web