विदुर नगरपालिकाबाट द्धन्द्ध प्रभावितलाई आर्थिक सहयोग

माघ ३, २०७९ मा प्रकाशित | 1258 views

त्रिशूली । दन्द्धको समयमा बेपत्ता पारिएका व्यक्तिको परिवारलाई सहयोगको कार्यक्रम अन्तरगत विदुर नगरपालिकाले वडा नं ४ निवासी राम्जी रेग्मीको परिवारलाइ नगद रुपैयाँ उपलब्ध गराएको छ ।

आज विदुरका नगरप्रमुख राजन श्रेष्ठले जीवन निर्वाहको लागि ५० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । द्धन्द्धको क्रममा छानविन गर्न नेपाल सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन गर्न गठन गरेको आयोगको माग अनुसार विदुर नगरपालिकाको बेपत्ता पारिएका व्यक्तिको विवरण पठाएको थियो । आयोगबाट प्रमाणीकरण भएर आएपछि विदुर नगरपालिकाले विदुर नगरपालिका वडा नं ४ निवासी राम्जी रेग्मिको परिवारको लागी नगद रुपैयाँ उपलब्ध गराएको हो ।

प्राप्त भएका निवेदनको आधारमा आयोगमा सिफारिस गर्ने र आयोगले त्यसलाई अनुमोदन तथा प्रमाणीकरण गरेमा नगरपालिकाले आर्थिक जिविकोपार्जनको लागी नगद रुपैयाँ सहित आवश्यक सहयोग गर्ने नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार द्धन्द्धको समयमा परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका एंव विस्थापित भएका एंव पीडित भएकाहरुको लागी नगरपालिकाले आर्थिक सहयोग सहित उनीहरुको माग र चाहना अनुसारो थप सहयोगका कार्यक्रम समेत सञ्चालन गर्न लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web