अबैध क्रसर तथा बालुवा प्रशोधन उद्योगमा ताला

पुस ३०, २०७९ मा प्रकाशित | 376 views

त्रिशूली । नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अबैध पाइएसगैँ ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशन पछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार जिल्लाका क्रसर उद्योग कानूनी मापदण्ड अनुरुप सञ्चालनको अवस्था बुझ्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन गरिएको अनुगमन समितिको अनुगमनमा हालसम्म २२ वटामा ताला लगाएको छ । अनुगमनमा अबैध पाइएकाले प्रक्रिया पूरा नभएसम्म ताला लगाइएको अर्थात (सिल गरिएको) हो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको अनुसार उद्योग सञ्चालनको लागी तोकिएका मापदण्डको प्रशस्त उल्लंघन भएको पाइएपछि सिधैँ सिल गरिएको हो । कानूनी आधार पूरा गरेर सम्पर्कमा आउन पत्र दिइएको छ ।

अनुगमनको क्रममा यसअघि निर्वाध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगको समेत मापदण्ड पूरा नभएको पाइएको छ भने केही उद्योग दर्ता नै नभई सञ्चालन गरिएकाले बन्द गरिएको उल्लेख गरिएको छ । अनुगमनको क्रममा ताला लगाइएको २२ उद्योग मध्ये चारवटा उद्योग दर्ता नै नगरी सञ्चालनमा रहेको पाइएको छ भने एकवटा उद्योगको नाम र सञ्चालक समेत पत्ता लगाउन नसकेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनुभएको छ ।

दर्ता भएका उद्योगको कानूनी सञ्चालनको मापदण्ड अनुगमनमा जादाँ दर्ता नै नभएका उद्योगहरु समेत सञ्चालनमा देखिएको पाइएको छ । क्रसर तथा बालुवा प्रशोधन उद्योग दर्ता नै नभएको देखि निर्माण सामाग्रि अबैध रुपमा भित्र्याइएको पाइएसगैँ ताला लगाइएको हो । रावश्व छली गरेर राज्यलाई लाखौँ नोक्सान बनाउने दर्ता नभएका उद्योगको उपकरण जफतको तयारी गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ ।

नुवाकोटमा विदुर र बेलकोटगढी नगरपालिका सहित जिल्लाको लिखु, तारकेश्वर, तादी, ककनी लगायतका गाँउपालिकाको नदी र खोला तथा खानीलाई लक्षित गरेर क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web