त्रिशूली । नेपाल एकीकरणको क्रममा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउदै गोरखाबाट सुरु भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ नुवाकोटबाट काठमाडौतर्फ प्रस्थान गरेको छ ।

यही शनिबार नुवाकोट आएर विदुर नगरपालिका वडा नं.१० शुभघाटमा बसेको टोली नुवाकोट दरबारमा हिजो आइतबार आयोजित भव्य स्वागत ग्रहण पश्चात अपरान्ह काठमाडौतर्फ प्रस्थान गरेको हो । ‘एकीकरण पदमार्ग–पदयात्रा’ दिव्यज्योती अर्थात एकीकरण टर्च सहित संलग्न टोली हिजे साँझ चतुरालेमा पुगेर बाँस बसेको छ ।
आज सोमबार ककनीमा बाँस बस्ने र २६ गते काठमाडौ प्रवेश गर्ने यात्रा कार्यतालिका रहेको छ । यही पुस २१ गते गोरखाबाट हिडेको र्याली काठमाडौंसम्म नै पैदल जाने क्रममा धादिङबाट भ-याङभुरुङहुदै यही शनिबार अपरान्ह नुवाकोट आइपुगेको थियो ।
हिजो मध्यान्ह नुवाकोटको साततले दरबार क्षेत्रमा आइपुगेको टोलीलाई नुवाकोटको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडा नंं २ का वडाध्यक्ष दीपक कायस्थ सहित विभिन्न वडाका वडाध्यक्षहरु, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल सहितको सुरक्षा निकायका प्रमुखहरु, नुवाकोटका विभिन्न कार्यालयका प्रमुखहरुहरुको उपस्थितीमा स्थानीयबासीले हर्षोल्लासपूर्वक भव्य स्वागत गरेका थिए ।

एकीकरण टर्च’ र्यालीमा सहभागीको मनोबल उच्च बनाउन नेपाली सेनाको ६ नं. बाहिनीपति, सहायक रथी रामचन्द्र कार्की सहित जबरजंग गण नुवाकोटको गणपति प्रमुख सेनानी अरुण कार्कीको समेत उपस्थिति रहेको थियो ।
पदमार्गमा सहभागी ¥यालीलाई स्वागत गर्न नुवाकोट दरबार क्षेत्रमा आयोजित कार्यक्रममा जबरजंग गण नुवाकोटको गणपति प्रमुख सेनानी अरुण कार्कीले गोरखाबाट सुरु भएको ‘एकीकरण टर्च र्याली’ले सबैभन्दा लामो नुवाकोटको भूमिको दुरी पारगर्दै यही पुस २७ गते काठमाडौ पुग्ने बताउनुभएको छ । बिशाल नेपाल एकीकरणको समयमा प्रयोग गरिएको पदमार्गको संरक्षण, पर्यटक प्रबद्धन र हाम्रो पुर्खाले पुराएको योगदानको सम्मान स्वरुप युवापिढीँमा राष्ट्रभाव उत्पन्न गराउनको लागी ‘एकीकरण टर्च’ र्याली सञ्चालन गरिएको प्रमुख सेनानी अरुण कार्कीले जानकारी दिनुभएको छ ।

नुवाकोटको दरबार क्षेत्रमा ‘एकीकरण टर्च’ र्यालीलाई स्वागत गर्दै विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले नेपाल र नेपालीको जिवन्त ईतिहास पृथ्वीनाराण शाहले नेपाल एकीकरण गरेको कारण प्राप्त भएको बताउनुभएको छ ।
पृथ्वीनाराण शाहले निर्माण गरेको साततले दरबार, उहाँको देहवासन भएको स्थान देवीघाट सहित नेपाल एकीकरणको समयमा निर्माण गरिएका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणको लागी नेतृत्व लिएर अघि बढ्ने नगरप्रमुख राजन श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ ।

‘एकीकरण टर्च’ र्यालीलाई स्वागत गर्ने क्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, विदुरका उप्रमुख प्रभा बोगटी, नागरिक समाजका अगुवा कुशबहादुर डंगोल लगायतका वक्ताहरुले एकीकरण पदमार्गमा पर्ने पाटी, पौवा, गढी, सैनिकले तालिम गरेको मैदान लगायतका ऐतिहासिक संरचनाको संरक्षणमा ‘एकीकरण टर्च’ -यालीले सहयोग पुग्ने बताएका छन् ।

पछिल्लो समयमा पृथ्वीनारायण शाहले पुराएको योगदानको महत्वलाई कमजोर बनाइएको समयमा नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको ‘एकीकरण टर्च’ र्यालीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गोर्खाली फौजले विंस. १८०१ असोज १५ मा नुवाकोटमाथी बिजयी गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणमा पाएको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ -याली मार्फत सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ ।

गोरखाबाट धादिङ–नुवाकोटहुँदै काठमाडौंसम्मकै पदमार्ग ‘रुमाले’ २६ कोषको रहेको छ । एकीकृत टर्च -याली सञ्चालनले पदमार्ग, कोट, गण र किल्लाहरु सम्बद्र्धन, संरक्षण तथा प्रबद्र्धन गर्ने लक्ष्य राखिएको छ ।
यही पुस २१ गते गोरखाबाट हिडेको टर्च’ र्याली नुवाकोट आइपुगेको हो । नुवाकोटबाट यही पुस २६ गते काठमाडौमा पुग्ने लक्ष्य बनाएर पैदल रुपमा दिपज्योती सहित अघि बढेको छ ।
नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिडेको पदमार्ग पछ्याउदै नुवाकोट आइपुगेको टोली सामरीभञ्याङ, कागुने, डेउडी, राइसिंह, बाग्टार, कोलनी, खिन्चेतहुदै शुभघाटबाट नुवाकोट दरबार क्षेत्रमा हिजो आइपुगेको हो ।

नुवाकोट दरबारबाट टर्च र्याली नुवाकोटको धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनीहुदैँ काठमाडौ स्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुगेर त्याहाँ यही पुस २७ गते आयोजित विशेष कार्यक्रममा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।
र्यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले नै प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् भने गोरखा दरबारबाट निकालिएको ‘एकीकरण टर्च’ अर्थात ‘दिपज्योती’मा पृथ्वीनारायण शाहले नै स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनीहरु श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा साथमा नेपालको राष्ट्रिय झण्डा र दिपज्योती र कलश सहित यात्रा गर्दै आएको हो ।
नुवाकोटबाट काठमाडौतर्फ जाने लागेको टोलीलाई २६ गते जबरजंग गण नुवाकोटले काठमाडौ स्थित कालीध्वन गणलाई ‘एकीकरण टर्च’ हस्तान्तरण गर्ने नेपाली सेनाको जबरजंग गण नुवाकोटका गणपति अरुण कार्कीले जानकारी दिनुभएको छ ।
16.42¡ÆC