‘एकीकरण टर्च’ र्‍याली आज नुवाकोट आइपुग्ने

पुस २३, २०७९ मा प्रकाशित | 728 views

त्रिशूली । नेपाल एकीकरणको क्रममा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह हिँडेको बाटोमा पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च’ र्‍याली आज नुवाकोट आइपुग्ने भएको छ ।

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटोलाई नेपाली सेनाले एकीकरण पदमार्ग पदयात्रा नामबाट सुरु गरेको पदयात्रालाई धादिङको सल्यानटारमा हिजो भव्य स्वागत गरिएको थियो ।

सेनाले पृथ्वी जयन्तीको अवसर पारेर ऐतिहासिक नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको संरक्षणका लागि पदयात्रा यही बिहीबारबाट सुरु गरेको हो । गोरखाबाट सुरु भएको पदयात्रामा टर्च, राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहकै पालामा स्थापना भएका नेपाली सेनाका पाँच कम्पनीका झण्डा समावेश गरिएको छ ।

गोरखाको रिपुमर्दन गणले धादिङको शिवदल गणलाई झन्डा र टर्च हस्तान्तरण गरेपछि धादिङ खण्डको पदयात्रा शिवदल गणका गणपति प्रमुख सेनानी अशोकराज बराल, उपसेनानी विशाल काजीको टोलीले शुक्रबार स्वागत गरेको हो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा १८०१ मा नुवाकोटमा हमला गर्दा गोरखा राज्यले बूढीगण्डकी किनारमा रहेको बोर्लाङ्गघाट पारगरी सल्यान्टार, सामरी भञ्ज्याङ हुँदै धादिङको पदमार्ग प्रयोग गरेको इतिहास रहेको छ ।

पछिल्लो समयमा पृथ्वीनारायण शाहले पुराएको योगदानको महत्वलाई कमजोर बनाइएको समयमा नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको ‘एकीकरण टर्च’ र्‍यालीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गोर्खाली फौजले विंस. १८०१ असोज १५ मा नुवाकोटमाथी बिजयी गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणमा पाएको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ र्‍याली मार्फत सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ । गोरखाबाट धादिङ–नुवाकोट हुँदै काठमाडौंसम्मकै पदमार्ग ‘रुमाले’ २६ कोषको रहेको जबरजंग गणका गणका गणपति प्रमुख सेनानी अरुण कार्कीले जानकारी दिनुभएको छ ।

धादिङले हस्तान्तरण गर्ने एकीकरण टर्चको आज नुवाकोटमा रहेको जबरजंङ गणले सीमा क्षेत्र भ¥याङभुरुङमा ग्रहण गर्न लागेको हो ।

अस्ति बिहीबार पुष २१ गतेदेखि सुरु भएको पदयात्रा यही पुष २७ गते पृथ्वी जयन्तीका दिन काठमाडौ पुगेर समापन गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web